२५ असार २०८३, बिहीबार

राष्ट्रियसभा सदस्यको १ पदमा उपनिर्वाचन गर्दा १ करोड ६१ लाख खर्च लाग्ने

बैशाख १४, २०७८
राष्ट्रियसभा सदस्यको १ पदमा उपनिर्वाचन गर्दा १ करोड ६१ लाख खर्च लाग्ने

तत्कालीन राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’लाई पदमुक्त गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन गर्दा १ करोड ६१ लाख खर्च लाग्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।

आयोगका प्रवक्ता तथा निमित्त सचिव राजकुमार श्रेष्ठले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको जानकारी दिए ।

बागमती प्रदेशबाट रिक्त सदस्य पदमा आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७८ पारित गरेको छ ।

कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने बजेट अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आयोग ऐन २०७३ को दफा २७ र २८ अनुसार कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन आयोगबाट मंगलवार निर्णय भएको हुँदा अर्थ मन्त्रालयमा पत्राचार समेत भएको आयोगले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्