०९ असार २०८३, मंगलबार

आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

बैशाख १४, २०७८
आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्‍याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।

उक्त कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे,  एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको विचार ब्यक्त गरे ।

त्यस्तै आईएमई  पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको र यो सम्झौता पश्चात  सेवाग्राहीहरुलाई डीम्याट खाता र मेरो शेयर नवीकरणसँग सम्वन्धित  कारोबारहरू थप सहज र सरल तरिकाले गर्ने सक्ने विचार  व्यक्त गरे ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्