१८ असार २०८३, बिहीबार

माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

बैशाख १४, २०७८
माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

आइतवार र सोमवार उच्च अंकले घटेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार भने ९२.४६ विन्दुले बढेको छ ।

उच्च अंकले बढेको बजारमा माथिल्लो तामाकोशी र विशाल बजार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

माथिल्लो तामाकोशी १० प्रतिशत र विशाल बजार कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भयो । लगानीकर्ताले मंगलवारको वृद्धिलाई ‘बाउन्स ब्याक’को संज्ञा दिएका छन् ।

नेप्से २ हजार ५९९.०७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४८ अंकले वृद्धि भई ४६७.२८ मा पुगेको छ । 

कूल २१६ कम्पनीको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ मूल्यमा खरिद बिक्री भए । जीवन बीमा ५५८.६३, निर्जीवन बीमा उपसमूह ५४३.२७ अंकले वृद्धि हुँदा कारोबार भएका सबै १३ उपसमूहको शेयरमा नै वृद्धि भयो ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी, नेपाल पूर्वाधार बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र छिमेक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो । 

महिला लघुवित्त ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८९ र समिट लघुवित्तका लगानीकर्ताले ९.७५ प्रतिशतले कमाए । 

आईसीएफसी फाइनान्सको ऋणपत्र १.९४, ग्लोबल आईएमई बैंकको ऋणपत्र १.८७, एसबीएल ऋणपत्र १.७५ र एनआईबीएल समृद्धि फण्डका लगानीकर्ताले  १.११ प्रतिशतले गुमाए ।

salt training

कमेन्ट गर्नुहोस्