०४ असार २०८३, बिहीबार

शुक्लागण्डकीमा कोरोना संक्रमित पुरुषको मृत्यु

बैशाख १४, २०७८
शुक्लागण्डकीमा कोरोना संक्रमित पुरुषको मृत्यु
प्रतिकात्मक तस्वीर

कोरोना संक्रमणका कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ जना पुरुषको मृत्यु भएको छ ।

शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचार क्रममा मंगलवार मृत्यु भएको हो । 

उनमा वैशाख ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियालगायत समस्या रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलाको पनि उपचारको क्रममा मंगलवार मृत्यु भएको छ । उनमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्