२१ असार २०८३, आइतबार

काठमाडौंमा निषेधाज्ञाको समयमा बिहे गर्दा गाडी चलाउन पास नचाहिने

बैशाख १४, २०७८
काठमाडौंमा निषेधाज्ञाको समयमा बिहे गर्दा गाडी चलाउन पास नचाहिने

काठमाडौंमा निषेधाज्ञा (वैशाख १६–२२ गते) को समयमा बिहे गर्दा बिहे जनाउने ब्यानरसहितको दुई वटा गाडी सञ्चालन गर्न पाइने भएको छ । त्यस्ता सवारीसाधन जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यको लागि पार्टी प्यालेस प्रयोग गर्नुपरेमा भने प्रशासन कार्यालयबाट अनुमति पास चाहिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

बिहेमा १५ जनाभन्दा बढी सहभागी भने हुन पाइने छैन । बिबाह ब्रतबन्धमा सहभागी भइ अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भएमा भने चालकसहित बढीमा ७ जनासम्मको लागि स्थानीय तहको सिफारिससहित प्रशासनमा अनुमति पासको लागि निवेदन दिनुपर्ने आदेशमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्