२३ असार २०८३, मंगलबार

गण्डकीका ३ सांसदमा कोरोना पुष्टि : मतदान गर्न पाइने, बोल्न नपाइने

बैशाख १५, २०७८
गण्डकीका ३ सांसदमा कोरोना पुष्टि : मतदान गर्न पाइने, बोल्न नपाइने

गण्डकी प्रदेश सभाका ३ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सत्तारुढ नेकपा एमालेको माग अनुसार मंगलवार सबै ६० सांसदको कोरोना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले ३ जना प्रदेशसभा सदस्यमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मंगलवार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबैको कोरोना परीक्षण गर्ने सहमति भएको थियो । सहमति अनुसार संक्रमण देखिएका सांसदले मतदानमा सहभागी हुन पाइने र बोल्न नपाइने जनाइएको छ ।

प्रदेशसभा विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । बुधवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले जवाफ दिने कार्यसूची रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्