०५ असार २०८३, शुक्रबार

ढुंगाले थिचेर पत्नीको हत्या

बैशाख १५, २०७८
ढुंगाले थिचेर पत्नीको हत्या

दाङमा १ व्यक्तिले ढुंगाले थिचेर पत्नीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुंगाले हानेर हत्या गरेका हुन् ।

मंगलवार राति करीब ८ बजेतिर ढुंगाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मंगलवार बाटोमै मृत्यु भएको हो ।

उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका पतिको खोजी भइरहेको छ । विपनाकी ४ वर्षीया छोरी छन् । 

salt training

कमेन्ट गर्नुहोस्