१३ असार २०८३, शनिबार

टिप्परको ठक्करबाट घाइतेको उपचारका क्रममा मृत्यु

बैशाख १५, २०७८
टिप्परको ठक्करबाट घाइतेको उपचारका क्रममा मृत्यु

टिप्परको ठक्करबाट घाइते सप्तरीको सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको बुधवार बिहान मृत्यु भएको छ ।

नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक वैशाख ५ गते ना५ख ७५१७ नम्बरको टिप्परले साइकलमा सवार खङ्गलाई ठक्कर दिएको थियो ।

घाइते खङ्गको नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्