१२ असार २०८३, शुक्रबार

पर्सियाको खाडीमा अमेरिकी जहाजलाई इरानको जलसेनाले हैरान गरेको दाबी

बैशाख १५, २०७८
पर्सियाको खाडीमा अमेरिकी जहाजलाई इरानको जलसेनाले हैरान गरेको दाबी

इरानको जलसेनाले पर्सियाको खाडीमा गतिविधि गरिरहेका जहाजहरूलाई सोमवार राति पुनः एकपटक हैरान गरेको अनि अमेरिकी जहाजले चेतावनीका लागि गोली चलाएको अमेरिकी जलसेनाको फिफ्थ फ्लीटकी प्रवक्ता कमान्डर रेबेका रेबारिचले बताएकी छन् । 

इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सको जलसेना यूएसएस फायरबोल्ट तथा बारानोफको ६८ यार्ड नजिक आएको उनको भनाइ छ । 

अमेरिकी जहाजहरूले चेतावनी दिइरहेको भए पनि इरानी जहाजहरू नजिक आएर गतिविधि गरेका थिए । त्यसपछि फायरबोल्टले चेतावनीस्वरूप गोली चलाएको थियो र इरानी जहाजहरू सुरक्षित कायम गरेर फर्केका थिए । 

गत अप्रिल २ मा इरानका चारवटा जहाजहरू अमेरिकाका दुईवटा कोस्ट गार्ड कटरहरूको ७० यार्डको दूरीमा आइपुगेका थिए । 

त्यतिखेर इरानी जहाजहरूले तीन घन्टासम्म कोस्ट गार्ड कटरहरूलाई हावाकावा खेलाएका थिए । 

अमेरिका तथा अन्य शक्तिराष्ट्हरूले इरानसँगको आणविक सम्झौतामा फर्किनका लागि वार्ता गरिरहेको बेलामा इरानको यस्तो गतिविधि देखिएको हो । सम्झौतामा फर्किने विषयमा गत साताको वार्तामा प्रगति भएको उनीहरूको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्