१३ असार २०८३, शनिबार

कास्कीमा निषेधाज्ञा : पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा

बैशाख १५, २०७८
कास्कीमा निषेधाज्ञा : पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा

कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४०० बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । 

प्रशासनले चैत १५ देखि २१ गतेसम्म कास्की जिल्लाभर विभिन्न सेवामा निषेधाज्ञा आदेश जारी गरेको छ । सोही अनुरूप प्रहरीले बिहान ५ बजेदेखि नै अनुगमन थालेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुभास हमालले बिहानदेखि हालसम्म ४१४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिए । तीमध्ये ८२ वटा चारपांग्रे छन्, बाँकी २ पांग्रे हुन् ।
 
कास्कीमा सार्वजनिक तथा निजी सवारीसाधन चलाउन जोरबिजोर लागू गरिएको छ । बुधवार अत्यावश्यक कामबाहेक बिजोर सवारीसाधन मात्र चल्न पाउने छन् । 

शहरका मुख्य चोकचोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । पहिलो दिन भएकाले अटेर गर्नेहरूलाई केहीबेर होल्ड गराएर राखिएको र भोलिपल्ट पनि अटेर गरे कडा कारबाही गरिने प्रवक्ता हमालले बताए ।

प्रेस तथा ड्यूटीमा निस्किएका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई छुट गरिएको छ । कुनै अत्यावश्यक कामको लागि निस्किएकालाई पीरमर्का बुझेर छाड्ने गरिएको छ । 

पोखरामा शिक्षण संस्था, उद्योगधन्दा, पसल, पार्टी प्यालेस बन्द भएका छन् । स्वास्थ्य सामग्रीका पसल, उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ देखि राति ८ बजेसम्म खोल्न छुट दिइए पनि त्यसबाहेक बाहेकका अन्य पसलहरू बन्द गरिएको छ ।

अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न प्रशासनले निषेध गरेको छ ।

होटल तथा रेस्टुरेन्टमा बिहान ८ देखि राति ८ बजेसम्म टेक–अवे सेवा मात्र सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्