२५ असार २०८३, बिहीबार

अमेरिका : खोप लगाएकाहरूले अब मास्क लगाउनु नपर्ने बाइडनको घोषणा

बैशाख १५, २०७८
अमेरिका : खोप लगाएकाहरूले अब मास्क लगाउनु नपर्ने बाइडनको घोषणा

कोरोना महामारीको संकट खेपेको अमेरिकाको हालत अब क्रमशः सामान्य हुँदै गएको छ । 

त्यहाँका स्वास्थ्य अधिकारीहरूका अनुसार, दुई डोज खोप लगाइसकेका अमेरिकीहरूले ठूलो भीडमा बाहेक अन्यत्र जाँदा मास्क लगाइरहनुपर्दैन । 

सरुवा रोग नियन्त्रण संस्था सीडीसीले नचिनेका मानिसको ठूलो भीड बाहेक अन्य ठाउँमा जाँदा मास्क लगाउन नपर्ने भनेको हो । यसै विषयमा राष्ट्रपति बाइडनले ट्वीट पनि गरेका छन् । 

आफू र आफूनजिकका मानिसको जीवन बचाउनका लागि खोप लगाउनु जरूरी रहेको पनि उनको भनाइ छ । सामान्य जीवनमा फर्किनका लागि खोप आवश्यक भएको उनको भनाइ छ । 
 

सीडीसीले पहिले पनि कोरोना खोप लगाएकाहरूले लो रिस्क ग्रुपका मानिससँग भेट्दा मास्क नलगाए पनि हुने बताएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्