१० असार २०८३, बुधबार

कोरोनाको कारुणिक तस्वीर : मर्न लागेका पतिलाई मुखले सास दिइन् पत्नीले

बैशाख १५, २०७८
कोरोनाको कारुणिक तस्वीर : मर्न लागेका पतिलाई मुखले सास दिइन् पत्नीले

भारतको उत्तर प्रदेशमा रहेको आगरामा एक महिलाले आफ्ना मरणासन्न पतिलाई रिक्सामा बसेर मुखले सास दिएको तस्वीरले कोरोनाको कारुणिक अवस्था दर्साएको छ । 

रवि सिंघल नामक ती ४७ वर्षीय पुरुषलाई उनकी पत्नीले मुखमा मुख जोडेर दिएर सास दिन खोजेको (सीपीआर) भए पनि रविको मृत्यु भएको थियो । 

एक सरकारी अस्पताल बाहिर पत्नी रेणुले रविमाथि पानी छर्केकी थिइन् र रिक्सामा सीपीआर दिएकी थिइन् । 

सामाजिक सञ्जालमा भाइरल बनिरहेको तस्वीरले मानिसहरू स्तब्ध र आक्रोशित दुवै भए । 

रेणुलाई रविलाई चारवटा निजी अस्पताल लगेपपछि सरोजिनी नायडु मेडिकल कलेज लगेकी थिइन् । त्यहाँ पनि उनलाई भर्ना लिइएन । 

घटना शुक्रवार भएको हो । यो जोडी आगराको आवास विकास क्षेत्रमा बस्थ्यो । 
 

आगरामा कोरोनाका कारण हालत निकै खराब छ । रोगीका आफन्तहरू अक्सिजन सिलिन्डरको खोजीमा बजारहरूमा भौंतारिरहेका छन् । अक्सिजनको अभावमा कतिपय अस्पतालले रोगीहरूलाई डिस्चार्ज गरेका छन् । 

जीवन बचाउने औषधिहरूको पनि अभाव हुन थालेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्