भारतको असम समेत पूर्वोत्तरमा बुधवार बिहान आएको भूकम्पको असर देखिन थालेको छ ।
कैयौं घरका भित्ताहरू चर्केका छन् र मानिसहरू लामो समय घरैबाहिर बस्न बाध्य भएका छन् ।
भूकम्पले पारेको असरको एउटा भिडियो खुबै भाइरल बनिरहेको छ ।
गुवाहाटीको एक घरमा छतमा राखेको पानीको ट्यांकी फुटेपछि कोठाभित्र पानी आएको भिडियोमा देखिन्छ । घटनामा कोही हताहत नभएको बताइएको छ ।
स्थानीय समयअनुसार बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । त्यसपछि साढे दुई घन्टामा ६ वटा परकम्प गएका थिए ।
असममा ठूलै भूकम्प आएको भए पनि धेरै हानिनोक्सानी नभएको बताइएको छ । कोही पनि हताहत भएको खबर छैन ।
See the scene of the Signature apartment in Guwahati after the earthquake . Water tank collapsed pic.twitter.com/6ZIdiL7J9F
— Manoj Anand (@manojananda) April 28, 2021