×

NMB BANK
NIC ASIA

कोरोना कहर

कोरोना छल्न गाउँ फर्किनेको सास्ती : गाडी नपाएर ट्रकको ढालामा यात्रा, सोधखोज गर्दा दलालको खप्की !

बैशाख १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) को दोस्रो लहर तथा बढ्दो संक्रमणका कारण उपत्यका छाड्नेले गाडी नपाएर ट्रकमा महंगो भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उपत्यकाबाट बाहिरिने मुख्य नाकाको रूपमा रहेको कलंकी क्षेत्रबाट आज (बुधवार) दिउँसो गाडी नपाएर चितवन, बुटवल लगायतका ठाउँका यात्रु ट्रकको पछाडिको ढालामा बसेर यात्रा गर्न बाध्य भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बसपार्क, कलंकी, कोटेश्वर जुन कुनै ठाउँमा पनि सवारी खोज्दा नपाएपछि चितवनसम्म ट्रकमै भएपनि जान लागेको चितवनका हरि थापाले बताए ।


Advertisment
Nabil box
Kumari

ट्रकमा पनि उनले पूरा भाडा ४०० नै तिरेका छन् ।

Vianet communication
Laxmi Bank

‘गाडी रिजर्भ गर्न सकिँदैन । बस, जीप, माइक्रो बस सबै प्याक छन् । यसैमा भएपनि जाऊँ भनेर जान लागेको हो,’ थापाले लोकान्तरसँग भने, ‘यहाँ (काठमाडौं उपत्यका) बन्द हुने भयो, बसेर खर्च मात्रै हुन्छ, त्यसैले हिँडेको हो, कहिले खुल्छ हो पत्तो छैन ।’

यस्तै पिकअप भ्यानमा गोरखा जान लागेका एक युवाले उपत्यका बन्द हुने भएपछि ज्यामीको कामपनि बन्द हुँदा उपत्यका छाडेर जान लागेको बताए । 

‘घरको काम पनि नहुने भयो बन्दले गाडी पनि पाइएन, यो पिकअप जान लागेको रहेछ, यहाँ दुःख पाउनुभन्दा घर जान बेस भनेर हिँडे ।’

अर्का एक यात्रुलाई ट्रक पनि दलालले मिलाइदिएका रहेछन् । भाडा कति तिर्नुपर्‍यो भन्ने कुरा भने उनले खुलाउन चाहेनन् ।

कलंकीमा उपत्यकाबाट बाहिर जान सवारी नपाएका व्यक्तिहरूलाई दलालले ट्रक र पिकअप भ्यानको ढालामा बस्ने व्यवस्था मिलाइदिएबापत समेत पैसा असुलिरहेको देख्न सकिन्छ ।

कलंकीबाट थानकोट जाने सडक खण्डमा ट्रकमा यात्रा गर्ने यात्रुसँग उनीहरूले तिरेको भाडाबारे सोधखोज गर्दा र तस्वीर लिँदा लोकान्तरकर्मीलाई दलालले उल्टै धम्क्यााएका छन् । 

‘तपाईंले किन फोटो खिचेको ? यहाँ फोटो खिच्न पाइँदैन, पत्रकार भनेर जसले पनि फोटो खिच्ने ?,’ एक जना दलालले भने, ‘फोटो डिलिट गरिहाल्नुस् नत्र... !’

तर नजिकै रहेका प्रहरी भने मुकदर्शक बनेर बसेका थिए ।

गाडी नपाएपछि रिजर्भको भाडा तिरेर पोखरातर्फ

चक्रपथ परिक्रमा गर्ने बसमा रिजर्भ लेखेर सीतापाइलामा राख्ने बित्तिकै मानिसहरूको भीड लाग्यो । 

त्यो बस रिजर्भ लिएर पोखरा जान लागेको थियो । एकजना महिलाले हतारिँदै बसमा सामान राखिन् । 

सहचालकले ‘भाडा कति भन्ने थाहा छ नि ?’ भनेर सोधे । उनले जवाफ दिइन्, ‘थाहा छ भन्या, कतिचोटी भनेको होला ... ।’

उनले पोखरासम्म पुग्न ७ सय भाडा तिरेकी रहिछन् ।

‘अरू बेलामा पोखराको भाडा ५२० रुपैयाँ हो, रिजर्भ भनेर ७ सय लिने रे,’ ती महिलाले लोकान्तरसँग भनिन्, ‘के गर्नु, जसरी भएपनि जानुपर्‍यो ।

काठमाडौंमा निषेधाज्ञाको पूर्वसन्ध्यामा सडकमा झोला तथा गुन्टा बोकेर घरतर्फ लाग्नेको भीड देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x