०६ असार २०८३, शनिबार

रुपन्देहीमा बिहीवार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी

बैशाख १५, २०७८
रुपन्देहीमा बिहीवार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी
फाइल तस्वीर

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीवार बिहान ६ बजेदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । 

वैशाख ३० गते बिहान ६ बजेसम्मको अवधिका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने भएको छ । 

अत्यावश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ ।

जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टीन, फोहर मैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु र मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरू रहेका छन् ।

त्यसैगरी अत्यावश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्