
नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिइन् । उनका अनुसार यसहप्ता यहाँको सङ्क्रमण दर भारतको जस्तै रहेको छ ।
गतवर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको उहाँले जानकारी दिइन् ।
नेपाल भारतभन्दा दु्रत गतिमा सङ्क्रमणको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिइन् । आज मात्र चार हजार ८९७ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा सङ्क्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ ।
उनक अनुसार यही दरमा सङ्क्रमण फैलिने हो भने एक महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनेसक्ने छन् ।