
तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भई स्कूटर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।