२५ जेठ २०८३, सोमबार

उपत्यकामा सडकमै हुन्छ ठाउँको ठाउँ कारबाही

बैशाख १६, २०७८
उपत्यकामा सडकमै हुन्छ ठाउँको ठाउँ कारबाही

कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागु गरेको छ। अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि प्रहरीले सडकमै कारबाही गर्नेछ। निषेधाज्ञा लागु भएपछि बिनाकाम सडकमा निस्कने, भीडभाड गराउने, कोरोनाको जोखिम बढाउनेलाई प्रहरीले कारबाही गर्नेछ। निषेधाज्ञा नमान्नेलाई सडककै एक घण्टा उभ्याएर छाड्ने तयारी गरिएको नेपाल प्रहरीले जनाएको छ।  

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले निषेधाज्ञा लागु गराउन उपत्यकामा करिब २ हजार प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार प्रहरीले बिनाकाम बाहिर निस्कनेलाई कारबाही गर्नेछ। उनले भने, ‘बिरामी र अप्ठेरोमा परेकाहरूलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइन्छ तर बिनाकाम बाहिर निस्कन दिइँदैन।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियमको आधारमा प्रहरीले कडाइ गर्नेछ। अत्यावश्यक र तोकिएका सवारीसाधन भने गुड्न पाउनेछन्। 

salt training

कमेन्ट गर्नुहोस्