३१ जेठ २०८३, आइतबार

कोरोना कहर : जनताका गुनासा २४ घण्टाभित्र समाधान गर्न संयन्त्र गठन

बैशाख १६, २०७८
कोरोना कहर : जनताका गुनासा २४ घण्टाभित्र समाधान गर्न संयन्त्र गठन

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ ।

सीसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीवार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार जनताका गुनासा टोल फ्री नम्बर ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । 

शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सीसीएमसीले अनुरोध गरेको छ ।

विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट ccmc.gov.np मा रहेको फारम भर्न अनुरोध गरिएको छ । यसरी संक्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो ।

कोरोना भाइरस संक्रमणको दर उच्च भएपछि सरकारले बिहीवारदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्