२० असार २०८३, शनिबार

तीन महिलाले एक पुरुषलाई तीन दिनसम्म गरे रेप !

कात्तिक २०, २०७४
तीन महिलाले एक पुरुषलाई तीन दिनसम्म गरे रेप !

काठमाडौं, १५ जेठ — दक्षिण अफ्रिकाका एक पुरुषलाई तीनजना महिलाले इन्जेक्सन लगाएर लट्ठ पार्दै तीन दिनमा धेरैचोटि बलात्कार गरेका छन् ।


ती २३ वर्षीय पुरुषले शुक्रवार पूर्वी प्रिटोरियामा एक सामुदायिक ट्याक्सी चढेका थिए । ट्याक्सीमा पहिलेदेखि नै तीन महिला बसिरहेका थिए ।

ट्याक्सी गन्तव्यभन्दा फरक ठाउँतिर गयो र पुरुषलाई अघिल्तिरको सिटमा बसिरहन आदेश दिइयो ।

त्यसपछि उनको शरीरमा एक अज्ञात वस्तु इन्जेक्सन मार्फत छिराइयो, टाइम्सलाइभले लेख्यो ।

दक्षिण अफ्रिकाका प्रहरी सेवा क्याप्टेन कोलेट वेइलबाखले भने, ‘ती पुरुष पछि एउटा अज्ञात कोठामा एउटा सिंगल बेडमा जागेको बताउँछन् ।’

‘त्यसपछि महिला आरोपितहरूले उक्त व्यक्तिलाई जबर्जस्ती एनर्जी ड्रिंक पिउन लगाए र दिनको धेरैचोटि पालैपालो रेप गरे ।’

दक्षिण अफ्रिकामा सबै यौन अपराधलाई समान रूपमा हेरिने वेइलबाखले बताए ।

पीडितलाई पछि अर्धनग्न अवस्थामा एउटा खेतमा फालिएको थियो । उनले एक गाडी रोकेर घर जान सफल भए ।

पुरुष तथा महिलाविरुद्ध बलात्कार तथा यौन हिंसाका घटना दक्षिण अफ्रिकामा डरलाग्दो गरी व्याप्त छ ।

देशमा वार्षिक रूपमा पाँच लाखभन्दा बढी बलात्कार हुने गरेको अनुमान छ ।

द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्