
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र तराईका एक दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जनसहित क्षणिक बर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
यस्तै राति देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ।
देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित बर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।