०८ साउन २०८३, शुक्रबार

कोरोना संक्रमणपछि पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार जारी

बैशाख १७, २०७८
कोरोना संक्रमणपछि पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार जारी

कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

उनलाई यो विधिबाट बिहीवार साँझदेखि उपचार थालिएको अस्पतालले जनाएको छ । 

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधवार साँझदेखि आइसीयूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । 

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । 

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालको भनाइ छ। 

उनीहरू तीनैजना गत शनिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका हुन् । त्यसको केही दिनअघि उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्