
नेपाली बजारमा शुक्रवार छापावाल सुनको मूल्यमा गिरावट आएको छ ।
शुक्रवार छापावाल सुन प्रति तोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।