३१ जेठ २०८३, आइतबार

कोरोना त सकियो नि भन्दै लापरवाही गर्ने भारतीय सांसदको मृत्यु

बैशाख १७, २०७८
कोरोना त सकियो नि भन्दै लापरवाही गर्ने भारतीय सांसदको मृत्यु

कोरोनाका विषयमा लापरवाही गर्दा वा यसलाई तुच्छ ठान्दा ज्यानै जान सक्छ ।

भारतको उत्तर प्रदेशस्थित बरेलीमा नवाबगंज विधानसभा सीटबाट भारतीय जनता पार्टीका विधायक केसर सिंह गंगवारको मृत्युले यसैलाई प्रमाणित गरेको छ । 

कोभिडका कारण गंगवारको मृत्यु बुधवार भएको छ । 

उनको मृत्युपछि एक न्युज च्यानलको भिडियो चर्चित बनिरहेको छ । विधानसभा भवनमा उनी पुग्दा रिपोर्टरले सोधेका थिए, ‘कोरोनाकालमा पनि तपाईंले मास्क लगाउनुभएको छैन त ?’
 

गंगवारले उत्तर फर्काए, ‘मास्क रे ? अब कोभिड सकियो त । कहाँ छ र कोभिड ?’ त्यसो भन्दै उनी मोबाइलमा कुरा गर्दै हिँडेका थिए ।

संक्रमण भएपछि अप्रिल १० मा उनलाई बरेलीको राममूर्ति मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उनी कोरोना पोजिटिभ पाइए । अस्पतालको आईसीयूमा २४ घन्टासम्म बेड नपाइएको परिवारको गुनासो छ । 

पछि उनलाई नोयडाको यथार्थ अस्पतालमा भर्ना गरियो । त्यहीँ नै दुई दिनअघि उनको ज्यान गयो । 
 

गंगवारका छोरा विशालले योगी आदित्यनाथ सरकारामाथि प्रश्न उठाएका छन् । सरकारले आफ्नै विधायकलाई पनि उपचार नगराएको उनको गुनासो छ । मुख्यमन्त्री कार्यालयमा बारम्बार फोन गरेको भए पनि कसैले फोन नउठाएको उनी बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्