२५ जेठ २०८३, सोमबार

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

बैशाख १७, २०७८
विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउन सकिने बताएका छन् ।

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र अन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको शुक्रवार अवलोकन गर्दै उनले विराटनगर कोरोनाको मुख्य केन्द्रविन्दु रहेकाले १–२ दिनको अवस्था हेरेर सुरक्षा, प्रशासन, स्थानीय निकाय एवं सबैको सहयोगबाट प्रदेश सरकारले छलफलपश्चात् आवश्यक सावधानीका लागि निषेधाज्ञा लगाउने निर्णय गर्नुपर्ने हुनसक्ने जानकारी दिए ।

उनले सुनसरी जिल्लामा निषेधाज्ञा लागू भएको र कोरोना नियन्त्रणका लागि सावधानीको पूर्व तयारीका रूपमा निषेधाज्ञा लगाउनुपर्ने हुनसक्ने बताए । मुख्यमन्त्री राईले निषेधाज्ञाको अवस्थामा गरीब एवं विपन्नको आवश्यकतालाई ध्यानमा राखी उद्योग, व्यापारी र नागरिक समाजको सहयोगमा विगतको अनुभवका आधारमा सरकारले काम गर्ने विचार व्यक्त गरे ।

उनले संक्रमितको संख्या जतिसुकै वृद्धि भए पनि  उपचारमा कुनै कमी हुन नदिन यस क्षेत्रका निजी अस्पताल, शिक्षण अस्पताल लगायतसँग आवश्यक सम्झौता गरी उपचारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लामा स्थानीयस्तरमा कोरोना संक्रमितको सहज र गुणस्तरीय उपचारका लागि सम्पूर्ण जिल्लामा २० शय्याको आइसोलेसन र उपचार कक्ष निर्माणका लागि आवश्यक निर्देशन एवं बजेट व्यवस्था गरिएकाले बिरामीको स्थानीयस्तरमा उपचार हुने उनको भनाइ थियो ।

मुख्यमन्त्री राईले प्रदेशको खुला सीमा क्षेत्रमा आवश्यक जाँचमा कडाइ गर्नाका साथै मुख्य सीमा नाकाहरू गौरीगञ्ज, भाण्टाबारी, रानी, काँकडभिट्टा, पशुपति नगरसहित जिल्ला प्रवेशद्वारका रूपमा रहेको सोलु, ओखलढुंगा, खोटाङमा होल्डिङ सेन्टर, क्वारेन्टीन निर्माणका लागि निर्देशनसहित बजेटका व्यवस्था गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्