३० जेठ २०८३, शनिबार

गण्डकीमा २ कोरोना संक्रमितको मृत्यु

बैशाख १७, २०७८
गण्डकीमा २ कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा शुक्रवार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीवार राति १२ः४५ बजे मणिपाल अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यससँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२३ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्