०४ साउन २०८३, सोमबार

मकवानपुरमा पनि निषेधाज्ञा जारी

बैशाख १८, २०७८
मकवानपुरमा पनि निषेधाज्ञा जारी

कोरोनाभाइरस (कोभिड- १९)को दोस्रो संक्रमण तीव्र गतिमा बढेपछि मकवानपुरमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समिति मकवानपुरले आइतवार राति १२ बजेदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले कोभिड – १९ संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लामा आइतवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

निर्णयानुसार निषेधाज्ञा यही वैशाख ३१ गतेसम्म कायम रहनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्