२३ जेठ २०८३, शनिबार

स्वास्थ्यमन्त्रीको भिडियो सन्देश- सरकार जनताका साथमा छ, हातखुट्टा छाडेको छैन

बैशाख १८, २०७८
स्वास्थ्यमन्त्रीको भिडियो सन्देश- सरकार जनताका साथमा छ, हातखुट्टा छाडेको छैन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् ।  उनले आज भिडियो सन्देश जारी गर्दै भनेका छन्, “बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको छ ।”

 मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको बताएपछि उनले आज भिडियो सन्देश जारी गर्दै सरकार जनताका साथमा रहेको स्पष्ट गरे ।
मन्त्री त्रिपाठीले संक्रमितको उपचारको सबै जिम्मेवारी सरकारले लिएको बताउँदै संक्रमणबाट आतंकित हुने अवस्था नरहेको जनाए ।  सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार रहेको बताउँदै उनले  नेपाली जनताको जीवन जोगाउन हरप्रयास गरिरहेको समेत बताए ।

“कोभिड–१९ को दोस्रो लहर गम्भीर र जटिल रहे पनि हामी आतंकित हुने स्थितिमा छैनौँ ”, उनले सन्देशमा भनेका छन्,  “सरकार हरेक उपचारको विधि, उपचारका लागि अस्पताल थप्ने काम गरिरहेको छ ।”
उनका अनुसार संक्रमणको उपचारका लागि  काठमाडौँ उपत्यकामा एक हजार शय्याको व्यवस्था गरिएको छ  ।
संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने औषधि दुई तीन दिनभित्र नेपालमा आपूर्ति गरिने उनको भनाइ छ ।  मन्त्री त्रिपाठीले एकैचोटि संक्रमणको दोस्रो लहर आएको र  दोस्रो भेरियन्ट आक्रमणकारकी रहेकाले हठात संख्या बढ्दो रहेको जनाए ।

salt training

कमेन्ट गर्नुहोस्