
दाङको तुलसीपुरमा शंकास्पद अवस्थामा ३ वटा शव फेला परेको छ । स्थानीय स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र तीन वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
‘ चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले भने ‘ बेलका ८ बजे तिर म यहाँ आइपुगेका छु घटनाबारे अनुसन्धान हुँदै छ ।’
घटनाको प्रकृति नियाल्दा गम्भीर प्रकृतिको देखिएको हुँदा अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए ।