काठमाडौं, १५ जेठ –सरकारले आर्थिक वर्ष २०७४/७५ मा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्विदरको लक्ष्य किटान गरेको छ । सोमवार आर्थिक वर्ष २०७४/७५ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विन्दुको आर्थिक वृद्विदर हासिल गर्ने प्रतिवद्वता व्यक्त गरेका हुन् ।
आर्थिक वर्ष २०७३/७४ मा करीव ७ प्रतिशतको आर्थिक वृद्विदर हासिल हुने प्रक्षेपण गरिएकामा नयाँ आवमा थप आर्थिक वृद्विदर हासिल हुने लक्ष्य सरकारले लिएको छ ।
त्यस्तै, सरकारले आव २०७४/७५ मा १ लाख ४ लाख नयाँ रोजगारी सृजना गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ ।