०९ साउन २०८३, शनिबार

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

बैशाख १९, २०७८
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् ।

विपक्षी दलहरूले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि बोलाइएको विशेष अधिवेशन शुरू हुने दिन आइतवार बिहान मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामापत्र बुझाएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आइतवारदेखि शुरू हुँदैछ । आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।

कोरोना महामारीको समयमा पनि प्रदेशसभा सदस्यको पीसीआर जाँच विनै बैठक बस्न लागेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्