३० जेठ २०८३, शनिबार

अमेरिकाले निकै खतरनाक परिस्थिति बेहोर्नुपर्ने उत्तर कोरियाको चुनौती

बैशाख १९, २०७८
अमेरिकाले निकै खतरनाक परिस्थिति बेहोर्नुपर्ने उत्तर कोरियाको चुनौती

उत्तर कोरियाले आइतवार अमेरिकालाई निकै खतरनाक परिस्थिति बेहोर्नुपर्ने चेतावनी दिएको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले हालैको सम्बोधनमा उत्तरलाई सुरक्षा खतरा भनेको र उसका विरुद्ध शत्रुवत् व्यवहार जारी राखेर निकै ठूलो गल्ती गरेको उत्तरको चेतावनी छ । 

गत साता बाइडनले संसदमा सम्बोधन गर्दै उत्तर कोरिया र इरानका आणविक कार्यक्रमहरू अमेरिका तथा विश्व सुरक्षाका लागि गम्भीर जोखिम भएको र यी समस्याहरूलाई कूटनीति तथा निवारणको सहायता लिएर सम्बोधन गर्ने बताएका थिए । 

‘उनको बयानले उनी उत्तर कोरियाविरुद्ध शत्रुतापूर्ण नीति जारी राख्ने स्पष्ट पारेको छ,’ उत्तरको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी क्वोन जोङ गुनले बताए । 

‘अमेरिकाका प्रमुख कार्यकारीले अहिलेको परिस्थितिमा निकै ठूलो भूल गरेका छन्,’ क्वोनले बताए । ‘अमेरिकाले उत्तर कोरियाका विषयमा सार्वजनिक गरेको नीति स्पष्ट भएको अवस्थामा हामी त्यसअनुरूपको व्यवहार गर्न बाध्य भएका छौं र अमेरिकाले आफूलाई गम्भीर परिस्थितिमा पाउनेछ ।’
 

क्वोनले उत्तर कोरियाको कदम कस्तो हुनेछ भनी खुलाएनन् । उनको भनाइलाई बाइडन प्रशासनमाथि दबाब दिने प्रयासका रूपमा हेरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्