लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मध्याह्न १२ बजेदेखि अधिवेशनको अन्य गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्र लगायतका दलहरूले अविश्वास प्रस्ताव पेश गरेपछि प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको थियो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावका विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।