२७ जेठ २०८३, बुधबार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन मध्याह्न १२ बजेदेखि अन्त्य

बैशाख १९, २०७८
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन मध्याह्न १२ बजेदेखि अन्त्य
फाइल तस्वीर

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मध्याह्न १२ बजेदेखि अधिवेशनको अन्य गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । 

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्र लगायतका दलहरूले अविश्वास प्रस्ताव पेश गरेपछि प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको थियो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रस्तुत गरिएको अविश्वास प्रस्तावका विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्