२२ असार २०८३, सोमबार

भारत : छोरीलाई विवाहमा आशीर्वाद दिएलगत्तै कोरोनासंक्रमित पिताको मृत्यु

बैशाख १९, २०७८
भारत : छोरीलाई विवाहमा आशीर्वाद दिएलगत्तै कोरोनासंक्रमित पिताको मृत्यु

भारतको उत्तर प्रदेशमा रहेको गाजियाबादमा राजकुमार नामक व्यक्तिले छोरीज्वाइँलाई विवाहमा आशीर्वाद दिएलगत्तै प्राणत्याग गरेका छन् । 

कोरोना संक्रमित राजकुमारलाई कुनै पनि अस्पतालमा शय्या उपलब्ध भएन । अक्सिजनको व्यवस्था पनि भएन । 

दुई दिनअघि मात्र उनकी छोरी पारुलको विवाह थियो । विवाहको तयारीमा दौडधुप गरेको परिवार राजकुमारको जीवन बचाउनका लागि दौडधुप गर्न बाध्य भयो । 

उपचार नपाइएपछि राजकुमारलाई टोलको कोरोना आपतकालीन सेवा केन्द्र लगियो । त्यहाँ अक्सिजन कन्सनट्रेटरको सहायता लिएर राहत दिने कोशिश गरेको भए पनि राजकुमारलाई ज्यान नबच्ने लागेकाले छोरीको विवाह आफ्नै आँखाअगाडि होस् भन्ने इच्छा व्यक्त गरे । 

कोरोना सेवा केन्द्रमै सादा किसिमले विवाह सम्पन्न भयो । टोलको मन्दिरका पुजारीलाई बोलाइयो र राजकुमारकै अगाडि छोरीज्वाइँले जयमाल (एकअर्कालाई माला लगाउने काम) गरे । त्यसपछि छोरीज्वाइँलाई आशीर्वादले राजकुमारले अन्तिम सास फेरे । 
 

salt training

कमेन्ट गर्नुहोस्