२८ जेठ २०८३, बिहीबार

जसपाबाट कारवाहीमा परेका लुम्बिनीका ४ सांसदको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

बैशाख १९, २०७८
जसपाबाट कारवाहीमा परेका लुम्बिनीका ४ सांसदको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका सांसदहरूले दायर गरेको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ ।

पार्टीको निर्णयविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ मन्त्रीलाई जसपाले कारवाही गरेको थियो ।

सो कारवाही उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सन्तोषकुमार पाण्डेयसहित जसपाका ४ सांसद सर्वोच्च अदालत गएका थिए । 

कोरोनाका कारण बन्दी प्रत्यक्षीकरण र कोरना महामारीसँग सम्बन्धित रिट मात्र दर्ता गर्ने र सुनुवाइ गर्ने गरिएकाले नियमित कारवाही सुचारु भएका बेलामा आएमा कानूनबमोजिम गर्ने गरी हाललाई फिर्ता गरिएको सर्वोच्चले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्