२२ जेठ २०८३, शुक्रबार
लुम्बिनीमा ट्विस्ट

‘अपहरणमा परेको’ भनिएकी बिमला खत्रीले पत्रकार सम्मेलन गरेर भनिन्– 'मैले माओवादी रोजें'

बैशाख १९, २०७८
‘अपहरणमा परेको’ भनिएकी बिमला खत्रीले पत्रकार सम्मेलन गरेर भनिन्– 'मैले माओवादी रोजें'

तत्कालीन नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्य विमला खत्री (वली)ले नेकपा एकता भंग भएपछि आफूले माओवादी केन्द्र रोजेको बताएकी छिन् । आइतवार मात्र उनले एमाले छाडेको चर्चा भएको थियो । 

सांसद खत्री ‘अपहरणमा परेको’ चर्चाका बीच आइतवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी उनले माओवादी पार्टी रोजेको बताएकी हुन् ।

‘मेरो श्रीमान एमालेबाट चुनाव लड्नुभएको थियो, उहाँको निधनपछि म नेकपाबाट चुनाव लडें,’ पत्रकार सम्मेलनमा खत्रीले भनिन्, ‘पछि मलाई थाहा भयो, मलाई माओवादी साथीहरूले सहयोग गर्नुभएको रहेछ ।’

उनी माओवादी प्रवेश गर्दा लुम्बिनीमा सत्ता समीकरणमा प्रभाव परेको छ । उनी माओवादी प्रवेश गर्दा एमालेको एकल बहुमत गुमेको छ । 

मुख्यमन्त्री पदबाट राजीनामा गरेका शंकर पोखरेलले आइतवार नै फेरि मुख्यमन्त्रीको शपथ गर्ने कार्यक्रम रहेकोमा खत्रीको कदमपछि अन्यौलता भएको छ । पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका कुलबहादुर केसीले आफ्नो पक्षमा बहुमत पुगेको दाबी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्