२३ जेठ २०८३, शनिबार
सत्ताको खेल

लुम्बिनीमा नयाँ ट्विस्ट : एमाले सांसद पाण्डेले दिए पदबाट राजीनामा

बैशाख १९, २०७८
लुम्बिनीमा नयाँ ट्विस्ट : एमाले सांसद पाण्डेले दिए पदबाट राजीनामा

नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य दृगनारायण पाण्डेले पदबाट राजीनामा दिएका छ ।

अहिलेको सरकारबाट आफ्नो क्षेत्रका जनताको विकासप्रतिको प्रतिबद्धता पूरा गर्न नसकेपछि राजीनामा दिएको उनले बताएका छन् ।

पाण्डेले लोकान्तरसँग भने, ‘आज पार्टीको संसदीय दलको बैठकमा पनि मैले कुरा राखें, मुख्यमन्त्रीले सुन्नुभएन । त्यसैले पार्टी र सांसद पदमा बस्न उचित ठानिनँ । त्यसैलै सांसद र पार्टी त्याग गरेको हुँ ।’

पोखरेल आजै मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् ।

उनको राजीनामा स्वीकृत भएमा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्