पश्चिम बंगालको विधानसभा निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीले नन्दीग्राम सीटबाट १२ सय मतले विजय हासिल गरेकी छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी भारतीय जनता पार्टीका शुभेन्दु अधिकारीलाई पराजित गरेकी हुन् ।
शुभेन्दु पहिले ममताकै तृणमूल कांग्रेसमा थिए ।
यससँगै ममताले तेस्रोपटक मुख्यमन्त्रीको कार्यकाल चलाउने पक्का भएको छ ।
*अप्डेट :
यसअघि भारतीय सञ्चारमाध्यमहरूले भारतको चुनाव आयोगको हवाला दिँदै ममता बनर्जीले चुनाव जितेको भनी खबर दिएकोमा त्यसैलाई आधार बनाई लोकान्तरले समाचार तयार पारेको थियो ।
तर पछि ममताले नभई शुभेन्दु अधिकारीले १९ सय ५६ मतको अन्तरले नन्दीग्राम सीट जितेको भनी चुनाव आयोगले पुष्टि गरेको खबर भारतीय सञ्चारमाध्यमहरूले दिएका छन् । तदनुरूप लोकान्तरले पनि समाचार सच्याएको छ । चुनाव परिणामप्रति असन्तुष्टि जनाउँदै ममता बनर्जीले अदालतमा निवेदन दिने पनि बताएकी छन् ।
पाठकहरूलाई भ्रमित पार्ने हाम्रो उद्देश्य हैन । तर केही समयका लागि भ्रामक समाचार गएकोमा हामी क्षमाप्रार्थी छौं ।