१३ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने

बैशाख १९, २०७८
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिने सोचाइ बनाएको बताएका हुन् । 

संसदको बजेट अधिवेशन बोलाएर सरकारका नीति तथा कार्यक्रम ल्याउनुअगावै विश्वासको मत लिने ओलीले बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले संसदमा विश्वासको मत लिने प्रस्ताव गर्नुभयो,’ एक मन्त्रीले लोकान्तरसँग भने । 

सरकारबाट हटे पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । यसअघि ओलीले २०७४ फागुन २७ गते विश्वासको मत लिएका थिए ।

ओलीले वैशाख २७ गते विश्वासको मत लिने योजना बनाएको बालुवाटार स्रोतले बतायो । 

आइतवारकै मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिन नदिन हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्