०३ साउन २०८३, आइतबार

निर्धारित समयभित्र दुवै पार्टीको तल्लो तहको एकता पूरा गर्ने राप्रपाको निर्णय

कात्तिक २०, २०७४
निर्धारित समयभित्र दुवै पार्टीको तल्लो तहको एकता पूरा गर्ने राप्रपाको निर्णय


काठमाडौँ, १२ पुस - राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिकाअनुसार तल्लो तहको एकीकरण प्रक्रियालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।Kamal-Thapa

राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि पहिलोपटक आज बसेको सचिवालय बैठकले गाउँ, नगर, क्षेत्र, जिल्लालगायत तहमा निर्धारित समय (माघ मसान्त) भित्र दुवै पार्टीको एकता पूरा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

पार्टीका महामन्त्री टङ्क ढकालको अध्यक्षतामा बसेको सो बैठकले महाधिवेशन प्रभावकारी बनाउन तथा सचिवालय सञ्चालनका लागि चुस्त, व्यवस्थित बनाउन पार्टीका आवश्यक निकायसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । यसअघि महामन्त्री ढकालको संयोजकत्वमा २० सदस्यीय सचिवालय गठन गरिएको थियो ।

पार्टीको केन्द्रीय समितिको बैठकले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । पार्टीको पदाधिकारी तथा सचिवालय सदस्यबीच चाँडो बैठक बस्ने बताइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्