
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतवार देखिएको घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
आइतवार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले एमालेले प्रदेश सभामा प्रस्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्त गरिनु राजनीतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नरहेको जनाएका छन् ।
सभापति देउवाले संसदको बहुमत अनुरूप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न समेत चेतावनीसहित अपिल गरेका छन् ।
