०७ साउन २०८३, बिहीबार

लुम्बिनीको घटनाक्रम संविधानको ठाडो उल्लंघन र बलमिच्याइँ : शेरबहादुर देउवा

बैशाख १९, २०७८
लुम्बिनीको घटनाक्रम संविधानको ठाडो उल्लंघन र बलमिच्याइँ : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतवार देखिएको घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

आइतवार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले एमालेले प्रदेश सभामा प्रस्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्त गरिनु राजनीतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नरहेको जनाएका छन् ।

सभापति देउवाले संसदको बहुमत अनुरूप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न समेत चेतावनीसहित अपिल गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्