काठमाडौँ, १५ जेठ - व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्यय’को अनुमानको प्रति टेबुल गर्नुभएको छ ।
सो सम्बन्धमा सदनमा यही जेठ १७ र १८ गते दलीय आधारमा छलफल गरिने गरी सभामुख ओनसरी घर्तीले समय निर्धारण गर्नुभएको छ । यस्तै बैठकमा ‘आर्थिक विधेयक, २०७४’ पेस गरिएको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही जेठ १७ गते बिहान ११.०० बजे बस्नेछ । रासस