
दैलेखमा गम्भीर समस्या भएका कोरोना संक्रमणका बिरामीलाई कर्णाली प्रदेश अस्पतालमा नल्याउनु भन्दै गरिएको दुर्व्यवहारप्रति पनि बैठकमा छलफल गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सकले जानकारी दिएका छन् ।
‘सुर्खेत प्रदेश राजधानी हो, प्रदेश सरकार त्यहाँ छ तर गम्भीर प्रकृतिका बिरामीलाई आफ्नै जिल्लामा व्यवस्थापन गर्नुहोस्, सुर्खेत नपठाउनुहोस्’ भन्दै प्रदेशले गम्भीर लापरवाही गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।
दैलेखमा आइतवारसम्म १४७ नयाँ संक्रमित देखिएका छन् । तीमध्ये १३३ सक्रिय संक्रमित छन् ।
कोरोना जाँचलाई प्रभावकारी बनाउने हो भने संक्रमितको संख्या धेरै हुनसक्ने अनुमान गरिएको छ ।