बंगलादेशको मध्यभागमा रहेको शिवचार नजिक पद्मा नदीमा दुईवटा डुंगा जुध्दा कम्तीमा २५ जनाको मृत्यु भएको एएफपी समाचार संस्थाले खबर दिएको छ ।
तीसजना यात्रु बोकेको डुंगा बालुवा बोकेको डुंगासँग जुधेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेका अन्य मानिसहरू बेपत्ता रहेको बताइएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।