३१ जेठ २०८३, आइतबार

बंगाल चुनाव हारेपछि यस्तो छ मोदीको चुनौती

बैशाख २०, २०७८
बंगाल चुनाव हारेपछि यस्तो छ मोदीको चुनौती

भारतका चार राज्य पश्चिम बंगाल, तमिलनाडु, असम र केरला तथा केन्द्रशासित प्रदेश पुडुचेरीमा सम्पन्न विधानसभा निर्वाचनले देशको राजनीतिमा गहिरो असर पारेका छन् । 

विशेषगरी पश्चिम बंगाल जित्ने प्रधानमन्त्री नरेन्द्र मोदीको धोको अपूरै रह्यो । मोदीको पहिलो कार्यकालमा उत्तर प्रदेशमा विजय प्राप्ति ठूलो उपलब्धि रहे जस्तै दोस्रो कार्यकालमा पश्चिम बंगाललाई हेरिएको थियो । 

महामारी चर्किरहेको भए पनि प्रधानमन्त्रीले बंगालमा व्यापक प्रचारप्रसार गरेका थिए र मुख्यमन्त्री ममता बनर्जीलाई कडा चुनौती दिएका थिए । 

यो निर्वाचन प्रधानमन्त्री र मुख्यमन्त्रीबीचको रह्यो । यसलाई प्रधानमन्त्रीको पराजयका रूपमा हेर्न पनि मिल्दैन किनकि राज्यका निर्वाचनहरू स्थानीय मुद्दाका आधारमा लडिन्छन् । त्यसो त अघिल्लो निर्वाचनमा जम्मा तीन सटि जितेको दलले ७५ सीट हाराहारी जित्नु पनि ठूलै उपलब्धि हो ।

अनि राष्ट्रिय स्तरमा मोदीको लोकप्रियता कायम छ । 

तैपनि मोदीका लागि यस निर्वाचनको परिणामले झड्का दिएकै हो । केन्द्र सरकारले कोभिड व्यवस्थापन गर्न नसकेको भनी आलोचना भइरहेको बेलामा चुनावी पराजय भएको छ । 

तर मोदीलाई कम आँक्ने भूल भारतले गर्न मिल्दैन । असममा मोदीको सीएए एनसीआर नीतिलाई जनताले अनुमोदन गरेकै हुन् र त्यहाँ विकासको मूल फुटाएकाले पनि भाजपालाई जनताले लगातार दोस्रोपटक कार्यकाल चलाउन दिएका छन् । 

तर निर्वाचनको समग्रतामा समीक्षा गर्दा मोदीका लागि आगामी दिनमा थप ठूला राजनीतिक चुनौतीहरू तेर्सिएको देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्