भारतमा अक्सिजनको कमीका कारण कोरोनासंक्रमितहरूको मृत्यु भइरहेको छ ।
कर्नाटकको चामराजनगरमा रहेको एक अस्पतालमा अक्सिजनको अभावका कारण २४ जना रोगीको मृत्यु भएको छ । घटना आइतवार मध्यरातमा भएको हो ।
दुर्घटनापछि बल्ल मैसूरबाट चामराजनगरमा २५० वटा अक्सिजन सिलिन्डर पुगेका थिए ।
खासमा उक्त अस्पतालमा बेल्लारीबाट अक्सिजन पुग्नुपर्ने थियो । तर अक्सिजन आउन ढिलाइ भएकाले यति ठूलो दुर्घटना भयो ।
अधिकांश रोगी भेन्टिलेटरमा थिए । अक्सिजन सकिएपछि उनीहरूको ज्यान तड्पी तड्पी गयो । मृतकको परिवारका मानिसहरू रोइरहेका छन् ।
यसअघि कालाबुर्गीको केबीएन अस्पतालमा अक्सिजनको कमीका कारण चारजना रोगीको ज्यान गएको थियो । अनि यदगिर सरकारी अस्पतालमा बिजुली गएपछि भेन्टिलेटरमा रहेका एक रोगीको मृत्यु भएको थियो ।