०२ असार २०८३, मंगलबार

भारतबाट आउने यात्रु दैनिक ३ हजारसम्मका होटलमा १० दिन क्वारेन्टीन बस्नुपर्ने, नत्र कारवाही

बैशाख २२, २०७८
भारतबाट आउने यात्रु दैनिक ३ हजारसम्मका होटलमा १० दिन क्वारेन्टीन बस्नुपर्ने, नत्र कारवाही

भारतबाट हवाइ उडानमार्फत नेपाल आउने यात्रुले १० दिन क्वारेन्टीन बस्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार सूचना प्रकाशित गर्दै काठमाडौंका ८ वटा सूचीकृत होटलको नाम सार्वजनिक गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले जारी गरेको सूचनामा होटलले विमानस्थलबाट होटलसम्म ल्याउन, खाना, बसोबाससहित बढीमा प्रतिदिन ३ हजार रुपैयाँसम्म लिनसक्ने गरी होटल दर कायम गरिएको छ ।

तोकिएको १० दिनको होटल क्वारेन्टीनको मापदण्ड पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्