२१ असार २०८३, आइतबार
स्थायी कमिटी बैठक

राष्ट्रिय सभा उपनिर्वाचन र विश्वासको मत जित्ने गरी छलफल अघि बढाउने एमालेको निर्णय

बैशाख २३, २०७८
राष्ट्रिय सभा उपनिर्वाचन र विश्वासको मत जित्ने गरी छलफल अघि बढाउने एमालेको निर्णय
फाइल फोटो

नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेको उम्मेदवारको जित सुनिश्चित हुनेगरी छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको स्थायी कमिटी बैठकले एमालेको जीत सुनिश्चित हुनेगरी तयारी गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उम्मेदवार भने छिट्टै सार्वजनिक गर्ने उनले बताए ।

एमालेले रिक्त राष्ट्रिय सभाको सदस्य पदमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

आकस्मिक रूपमा बसेको स्थायी कमिटी बैठकमा वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारीका बारेमा समेत छलफल भएको थियो । 

‘विश्वासको मतको सन्दर्भमा छलफल गरेका छौं, विश्वासको मत प्राप्त गर्नेगरी छलफललाई अझ तीव्र बनाउँछौं,’ ज्ञवालीले भने । 

बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्